राजनीति

राष्ट्रपति पौडेल दोहामा



काठमाडौँ, १७ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेल कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज कतारको राजधानी दोहामा पुगेका छन् ।

राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सो सम्मेलनमा सहभागी हुन प्रथम महिला सबिता पौडेलसहित कतारको दोहा पुगेका हुन् ।

राष्ट्रपति पौडेललाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलसहित कतारका विदेश मन्त्रालयका उच्चपदस्थ पदाधिकारीले स्वागत  गरेका थिए ।