अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १८ कार्तिक । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ३८ हजार ३ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।