काठमाडौँ, १८ कार्तिक । रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटबाट गर्भवती बिरामीलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ ।
आज र बिहान पौने १० बजे मैकोटकी १५ वर्षीय गर्भवती बिरामीलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको हो । गर्भवती किशोरीलाई ज्वरोले च्यापेपछि आज बिहान ४ बजे स्वास्थ्य चौकी मैकोटमा ल्याइएको थियो ।
स्वास्थ्य चौकी मैकोटका स्वास्थ्यकर्मीले चेकजाँच गर्दा बिरामीको अवस्था जटिल अवस्थाको भएपछि हेलिकोप्टर मार्फत रिफरका लागि प्रमुख जिल्ला अधिकारी लगायतलाई जानकारी गरिएको पुथाउत्तरगङ्गा गाउँपालिका स्वास्थ्य शाखाका सह–संयोजक कलिभान विष्टले जानकारी दिए ।
बच्चा जन्मिने समय मङ्सिर महिना रहेको विष्टले बताए । बिरामीको धेरै पेट देख्ने, काम्ने र बेहोस हुने लक्षण देखा परिराखेको विष्टले बताए ।










प्रतिक्रिया दिनुहोस्