काठमाडौँ, १९ कार्तिक । मलेसियाले अघि सारेका १० बुँदे मापदण्ड नमान्ने भन्दै नेपालले आफ्नो धारणा पठाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त मापदण्ड हालकै अवस्थामा स्वीकार गरेर कार्यान्वयन गर्न नसकिने धारणासहितको पत्र पठाएको हो ।
श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले परराष्ट्र मन्त्रालय मार्फत १० बुँदे सर्त र मापदण्ड स्वीकार गरेर कार्यान्वयन गर्न नसकिने व्यहोरोको पत्र पठाइएको बताए ।
उनले भने, ‘मलेसियाले १० बुँदे मापदण्ड जसरी पठाएको थियो । हालकै अवस्थामा स्वीकार गरेर कार्यान्वयन गर्न सक्ने अवस्था छैन,’ ‘यो हाम्रो वैदेशिक रोजगार नीति, वैदेशिक रोजगारसम्बन्धी कानुन अनुसार भएन र यही अवस्थामा कार्यान्वयन गर्न नसकिने व्यहोरोको पत्र पठाएका छौं ।’
मलेसिया सरकारले २७ अक्टोबर २०२५ मा कुटनीतिक नोट पठाएर नेपाली कामदार पठाउने म्यानपावर कम्पनीका लागि १० बुँदे मापदण्ड तय गरेको थियो ।म्यानपावरहरूलाई ‘रेसनलाइजेसन’ गर्ने उद्देश्यले १० वटा अनिवार्य शर्तहरू राखेर १५ नोभेम्बर, २०२५ भित्र जवाफ माग गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्