राजनीति

बालेनविरुद्ध साइबर ब्यूरोमा उजुरी



काठमाडौँ, २० कार्तिक । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध साइबर ब्युरो उजुरी परेको छ ।

नेकपा एमाले निकट युवा संघका नेताहरूले साइबर ब्युरो पुगेर बालेनविरुद्ध उजुरी दिएका हुन् ।

बालेन शाहले लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै युवा संघले उजुरी दिएको हो ।

साइबर ब्यूरो स्रोतका अनुसार, बालेनविरुद्ध उजुरी परेको छ । मेयर शाहले यही १६ कात्तिक मध्यराति आपत्तिजनक शब्दसहित एक स्टेट्स लेखेका थिए । उनले उक्त स्टाटस केहीबेरमै पेजबाट हटाएका थिए ।