Banner News

सञ्चारमन्त्री जगदीश खरेलसँग कोरियामा ‘साक्षात्कार कार्यक्रम’ हुने



काठमाडौँ, २३ कार्तिक । नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलसँग आगामी साता दक्षिण कोरियामा ‘नेपाली समुदायको साक्षात्कार कार्यक्रम’ हुने भएको छ ।

नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाको आयोजनामा ‘मन्त्रीसँग साक्षात्कार कार्यक्रम’ आयोजना हुने भएको हो ।

शाखाका अनुसार, आगामी नोभेम्बर १४ तारिख, शुक्रबार बेलुकी ७ बजे दक्षिण कोरियाको सुवनस्थित सराक एभरेस्ट रेस्टुरेन्टको सभा हलमा उक्त कार्यक्रम हुने भएको छ।