समाचार

लागुऔषधसहित ३ जना पक्राउ



काठमाडौँ, २३ कार्तिक । ललितपुरको गोदावरी नगरपालिका–२ स्थित मानेडाँडाबाट प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–६ घर भएका २७ वर्षीय रमेश राई, गोदावरी नगरपालिका–९ घर भएका २२ वर्षीय रोहित कार्की र २३ वर्षीय सौगात कार्की छन् ।

रमेश राईको डेराबाट ट्रामाडोल ४ हजार ५० पिस र गाँजा ४ सय ग्राम बरामद गरिएको छ । प्रहरी प्रभाग गोदावरी र बाँडेगाउँबाट खटिएको टोलीले लागुऔषध किनबेच गर्न बोकेर हिँडेको २० हजार नगद पनि प्रहरीले बरामद गरेको छ ।