समाचार

जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ



काठमाडौँ, २३ कार्तिक । डोटीमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

प्रहरीका अनुसार १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दिपायल सिलगढी नगरपालिका–१ ढार्चुम्मा बस्ने ५२ वर्षीय ओमप्रकाश चन्दलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

प्रकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।