शैक्षिक

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक



काठमाडौँ, २३ कार्तिक । कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार पूरक परीक्षामा ७३ दशमलव ४१ प्रतिशत अर्थात् ७६ हजार ३ सय ६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । गएको असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए ।

परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट हेर्न सकिन्छ । यसैगरी NEB Symbol Number टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिन्छ ।