Banner News

अतिवादले विनाश गर्छ, सचेत बनौँ : योगेश भट्टराई



काठमाडौँ, २४ कार्तिक । नेकपा एमालेका सचिव योगेश भट्टराईले देशमा उत्पन्न विषम परिस्थिति तथा मधेस प्रदेशको संवेदनशीलता ख्याल गर्दै निकासका लागि संवाद गर्न आग्रह गरेका छन् ।

साथै उनले अतिवादले विनाश गर्ने भएकाले सचेत बन्नुपर्ने बताएका छन् ।

सचिव भट्टराईले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भने छन्, ‘आज देशमा उत्पन्न विषम परिस्थिति तथा मधेस प्रदेशको भौगोलिक तथा राजनीतिक संवेदनशीलतालाई ख्यालमा राखेर संविधान सम्मत निकासका लागि संवाद र छलफलको माध्यमबाट अघि बढ्न मधेस प्रदेशमा क्रियाशील राजनीतिक दल, नागरिक समाज लगायत सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछु’, ‘अतिवादले विनासमात्र गर्छ सचेत बनौँ ।’