समाचार

बरहवा नदीमा एक युवकको शव फेला



काठमाडौँ, २४ कार्तिक । रौतहटको गौर नगरपालिकामा आज बिहान एक युवकको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका-५ मा रहेको बरहवा नदीमा डुबेको अवस्थामा २० वर्षीय युवकको शव फेला परेको हो ।

मृतक युवकको साथमा रहेको सवारी चालक अनुमति पत्रको आधारमा उनी रौतहटको चन्द्रपुर नगरपालिका-६ का सुनिलकुमार कहार रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

चन्द्रपुरबाट शनिवार देखी बेपता रहेका कहार कसरी गौरको बरहवा नदीमा पुगे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरीरहेको जनाएको छ । मृतकको शव प्रादेशिक अस्पताल गौरमा राखिएको र उनका आफन्तजनहरु सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

पोस्टमार्टम रिपोर्टपछि मात्रै घटनाका बारेमा थप कुराहरु खुल्ने छ ।