काठमाडौँ, २५ कार्तिक । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा कात्तिक २१ गते मृत भेटिएका वीरेन्द्रनगर-११ पिपिराका ३५ वर्षीय गंगे सुनारको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन् ।
सुर्खेत प्रहरीका अनुसार सोमबार बेलुका करिब पौने ४ बजे मृतकको शव आफन्तलाई बुझाएको हो ।
पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा सुनारको शरीरमा कुनै घाउचोटपटक नदेखिएको र उनको मृत्यु हृदयाघातका कारण भएको उल्लेख छ ।
ब्राउनसुगर मुद्दामा गत भदौ ३ गते पक्राउ परेका सुनार हिरासत बसेको ७८ दिनपछि मृत भेटिएका थिए । कात्तिक २१ गते बिहान करिब ५:५० बजे हिरासतको ५ नम्बर सेलमा सँगै सुतेका साथीले उठाउँदा उनी बेहोस अवस्थामा फेला परेका थिए । तत्कालै उनलाई प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएकोमा बिहान ७:४५ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्