काठमाडौँ, २५ कार्तिक । मुगुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गएराति बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युत्को सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु५त १२३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।
मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुदा बाजुरा गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको हो ।
विद्युत् पोल बोक्ने क्रममा उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ भई करिब ७०० मिटर तल खस्दा चालक रोकायाको घटनास्थलमै मृत्यु भएको र हुम्ला अदानचुली–२ का २८ वर्षीया रेशम भण्डारी सख्त घाइते भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्