काठमाडौँ, २५ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले भारतको राजधानी नयाँदिल्लीको भएको विष्फोटबाट स्तब्ध र दु:खी भएको बताएकी छन् ।
उनले विष्फोटमा मृत्यु भएकाका परिवारमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी छन् ।
सोमबार बेलुकी नयाँदिल्लीको लालकिला नजिकको मेट्रो रेल स्टेसनमा एक कारमा विष्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् ।
प्रधानमन्त्री कार्कीले यस दु:खको घडीमा नेपाल भारतको साथमा रहेको पनि बताएकी छन् ।










प्रतिक्रिया दिनुहोस्