समाचार

जेनजी आन्दोलनमा भागेका ६० किलो सुन तस्करी अभियुक्त पक्राउ



काठमाडौँ, २५ कार्तिक । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका सुन तस्करका आरोपित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका–४ का ५१ वर्षीय हर्कराज राई छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बूढानीलकण्ठबाट पक्राउ गरेको हो ।

उनी ब्रेक प्यान्डमार्फत तस्करी गरेर ल्याइएको ६० किलो सुन प्रकरणमा जोडिएका थिए । उनी पुर्पक्षका रूपमा कारागार चलान भएका थिए । पक्राउ परेका राईलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।