वासिङ्टन, २७ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर गर्दै सरकारी सटडाउन अन्त्य गरेका छन् ।
उनले सन् २०२४ को आफ्नो पुनर्निर्वाचन अभियानको प्रमुख एजेन्डा रहेको सस्तो जीवनयापनको प्रतिबद्धता पनि दोहोर्याएका छन् ।
यो सटडाउन ट्रम्पको पहिलो कार्यकालको भन्दा पनि लामो थियो । उनले डेमोक्रेटहरूलाई ‘अमेरिकी इतिहासमा सबैभन्दा लामो सरकारी सटडाउन सिर्जना गरेको’ भन्दै आलोचना गरे।
ट्रम्पले भने- ‘मेरो हस्ताक्षरसँगै अब सङ्घीय सरकारले सामान्य काम पुनः सुरु गर्नेछ, र मेरो प्रशासन तथा कङ्ग्रेसका हाम्रा साझेदारहरूले जीवनयापनको लागत घटाउन, सार्वजनिक सुरक्षा पुनर्स्थापित गर्न, हाम्रो अर्थतन्त्रको विकास गर्न र अमेरिकालाई सबै अमेरिकीका लागि फेरि सस्तो बनाउन आफ्नो काम जारी राख्नेछन्।’










प्रतिक्रिया दिनुहोस्