काठमाडौँ, २७ कार्तिक । ५० रुपैयाँ दरका ४२ करोडथान नोट छाप्न नेपाल राष्ट्र बैंकले छिमेकी राष्ट्र चीनको चाइना बैंक नोट प्रिन्टिङसँग सम्झौता गरेको छ ।
उक्त परिणाममा नोट डिजाइन, छपाइ तथा आपूर्तिका निम्ति करार सम्झौता गरिएको राष्ट्र बैंकले जनाएको छ ।
५० दरका ४२ करोडथान नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्तिका निम्ति गएको साउन ९ गते बोलपत्र आह्वान गरिएको थियो । उक्त सम्झौताको मूल्य १०,४२२, ५३५.२१ अमेरिकी डलर रहेको राष्ट्र बैंकले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्