काठमाडौँ, २७ कार्तिक । बजारमा अमलाको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सार्वजनिक गरेको मूल्यसूची अनुसार अमलाको मूल्य बढेको हो ।
आज बिहीबार अमलाको मूल्य थोकमा प्रतिकिलो १० रुपैयाँ बढेको छ । हिजो बुधबार प्रतिकिलो थोकमा ६५ रुपैयाँमा किनबेच भएको अमला आज भने किलोको ७५ रुपैयाँ पुगेको हो ।
भदौ पहिलो साता अमला प्रतिकिलो १ सय ७० रुपैयाँसम्मा किनबेच भएको थियो ।










प्रतिक्रिया दिनुहोस्