राजनीति

केपी ओली सर्वसम्मत अध्यक्ष बन्नेमा शंका छैन : खगराज अधिकारी



काठमाडौँ, २७ कार्तिक । नेकपा एमालेका नेता खगराज अधिकारीले अगामी महाधिवेशनले केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष बनाउनेमा कुनै शंका नभएको बताएका छन् ।

आज प्रेस चौतारी नेपाल कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ओली नै सर्वसम्मत अध्यक्ष बन्ने कुरामा शंका नभएको बताएका हुन् ।

उनले भने, ‘२०३६ सालदेखि अहिलेसम्म म एमालेको पूर्णकालीन कार्यकर्ता हो । कुनै पेसा व्यवसायमा छैन । मेरो अनुभवले के बताउँछ भने नेकपा एमालले वर्तमान नेतृत्वलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउँछ । त्यसमा कुनै शंका छैन’, ‘त्यसो भएन भने पनि हामी स्वस्थ प्रतिस्पर्धामै हुन्छौँ । त्यसले पार्टीलाई कुनै नोक्सान गर्दैन् । सबैलाई आकलन गरेर वर्तमान नेतृत्वलाई निरन्तरता दिन्छ  ।’