समाचार

लुटिएका ७१८ थान हतियार फिर्ता



काठमाडौँ, २७ कार्तिक । जेनजी प्रदर्शनमा प्रहरी र सशस्त्र प्रहरीबाट आन्दोलनकारीले लुटेको ७१८ थान हतियार सुरक्षाकर्मीले फिर्ता ल्याएका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार भदौ २३ र २४ मा हराएका र लुटिएका मध्ये ७१८ थान फिर्ता ल्याइएको हो ।

आज राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिलाई मन्त्री अर्यालले सो जानकारी गराएका हुन् । फिर्ता हुन बाँकी हतियार सुरक्षाकर्मीको नियन्त्रणमा लिन सुरक्षा निकायहरूबाट संयुक्त अपरेसन सञ्चालन गरिएको अर्यालले बताए ।