काठमाडाैँ, २८ कार्तिक । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेर कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला दुई लाख ५० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँ घटेर तीन हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला तीन हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।










प्रतिक्रिया दिनुहोस्