राजनीति

राष्ट्रिय भवन संहिता कार्यान्वयनमा: पालना गर्न मन्त्रालयको आग्रह



काठमाडौँ, २८ कार्तिक । राष्ट्रिय भवन संहिता कार्यान्वयनमा आएको छ ।

बिहीबार राजपत्रमा प्रकाशित भएसँगै संहिता कार्यान्वयनमा आएको हो । संहिता जलविद्युत् आयोजनाका बाँध, विद्युत्गृह, सुरुङलगायत भूमिगत संरचना निर्माणका लागि पनि मार्गदर्शक बन्ने सहरी विकास मन्त्रालयले जनाएको छ । 

उक्त मन्त्रालयले स्थानीय तह, इन्जिनियर र आम नागरिकलाई संहिताको अक्षरसः पालना गर्न आग्रह गरेको छ ।