काठमाडौँ, २८ कार्तिक । निर्वाचन आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचन लड्न चाहने दललाई दल दर्ताको आह्वान गरेको छ ।
प्रतिनिधि सभा निर्वाचन लड्न चाहनेलाई मंसिर १ गतेदेखि १० गतेसम्म र राष्ट्रिय सभा निर्वाचन लड्न चाहनेलाई मंसिर १ गतेदेखि ७ गतेसम्म दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको हो । निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न कार्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसकेको हुनुपर्ने आयोगले जनाएको छ ।
प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते र राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते तोकिएको छ । १९ जना राष्ट्रिय सभा सदस्य कार्यकाल सकिएर आगामी फागुन २० मा बिदा हुँदैछन् । त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनित सांसद छन् । बाँकी १८ पदका लागि माघ ११ गते चुनाव हुन लागेको हो । कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।










प्रतिक्रिया दिनुहोस्