अर्थ

कुरिलोको मूल्य बढ्यो



काठमाडौँ, २८ कार्तिक । बजारमा कुरिलोको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समतिका अनुसार आज  कुरिलोको मूल्य किलोमा औसत ५० रुपैयाँ बढेको छ ।

कालीमाटी बजारमा हिजो बिहीबार कुरिलो थोकमा प्रतिकिलो न्यूनतम ८ सयदेखि अधिकतम ९ सय र औसत ८ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।

आज शुक्रबार कुरिलोको मूल्य प्रतिकिलो थोकमा न्यूनतम ८ सय ५० देखि अधिकतम ९ सय ५० र औसत ९ सय रुपैयाँ कायम छ ।