समाचार

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ



झापा, २९ कार्तिक । उदयपुर र झापामा जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

उदयपुरमा ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-७ रिस्कु बस्ने ५५ वर्षीय एन सिंह राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । राईले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यसैगरी, झापामा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका-६ बस्ने ४२ वर्षीय राजु कटुवाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कटुवालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।