धनगढी, २९ कार्तिक । नेकपा एमालेका सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले नेकपा एमालेको नेतृत्व र विचार ठिक भएको बताउनु भएको छ ।
शनिबार पार्टीले धनगढीमा आयोजना गरेको जागरण सभामा बोल्दै उहाँले एमालेको नेतृत्व र विचार ठिक भएकाले एमाले भित्र डर र मनोबल घटाउन सबै मिलेर आक्रमण गरिरहेको बताउनुभयो ।
उहाँले देश र संविधानको रक्षा गर्न एमाले मात्रै सक्षम भएको बताउँदै एमाले जिउँदै रहेकाले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि बलिदान गर्न तत्पर रहेको बताउनुभयो ।
अहिलेको लडाइ भनेको देशको स्वतन्त्रता राख्ने र पराधिन बनाउने बिचको भएको बताउँदै उहाँले एमालेसँग सही नेतृत्व र विचार छ, उहाँले भन्नुभयो, एमाले खरानीबाट फेरि उठेर देशको नेतृत्व गर्न जनता माझ आइसकेको बताउनुभयो ।
नेता भट्टले एमालेका नेता तथा कार्यकर्ताको मनोवल गिराउन गत भदौ २४ गते पार्टी कार्यालयहरू र नेताका घरहरू छानीछानी जलाइएको बताउनुभयो । उहाँले जेन्जी आन्दोलनलाई प्रतिक्रान्तिको संज्ञा दिँदै यो आन्दोलनले व्यवस्थापिका, न्यायपालिका र मुलुकको इतिहासमा आगो लगाउने काम गरेको छ भन्नुभयो ।
शोकलाई शक्तिमा बदल्दै हामी जनताको माझमा आएका छौँ उहाँले भन्नुभयो, आज चुच्चे नक्सा कता हराएको छ के अडान लिनु एमाले अध्यक्ष केपी ओलीको कमजोरी हो भन्ने प्रश्न गर्नुभयो ।
संविधानलाई धोति लगाउने काम अहिलेको सरकारले गरिरहेकोले प्रधानमन्त्री सुशीला कार्कीले संविधान नै नपढेको बताउनुभयो । चैत २१ गते यो सरकारले चुनाव गर्न नसक्ने दाबी गर्दै भट्टले हतियार लुटिएको अवस्थामा, प्रहरीको मनोवल गिरीगरेको अहिलेको अवस्थामा चुनाव हुन नसक्ने भएकाले विघटित संसद् पुनःस्थापित हुनुपर्ने एमालेको स्पष्ट माग र अडान रहेको बताउनुभयो ।
वर्तमान देशको सङ्कटको निकास एमालेको अगुवाइमा मात्र सम्भव रहेको बताउँदै राजनीतिक दलका कार्यकर्तालाई उच्च मनोबलका साथ पार्टी काममा खटिन आह्वान गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्