राजनीति

एमाले चुनावमा जान तयार छ  : उपमहासचिव ज्ञवाली



गुल्मी, २९ कार्तिक । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले चुनावमा जान तयार रहेको बताएका छन् ।

नेकपा एमाले गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै शनिबार उनले चुनावमा जान नेकपा एमाले तयार रहेको पनि उनको तर्क छ । तर अहिलेको सरकारले त्यसको सुनिश्चितता गराउन नसकेको उनले बताए । वर्तमान सरकारले  राजनीतिक दलसँग बढाएको दूरीका कारण चुनाव हुनेमा विश्वास नरहेको बताएका छन् । दलीय व्यवस्थामा राजनीतिक दललाई निषेध गरेर चुनाव नहुने उनले बताए ।

उनले भने, ‘सरकार चुनाव गराउने दिशामा छैन्, जेनजीका माग अलग छन् । संसद् पुनःस्थापन नहुने र चुनाव पनि नहुने अहिलेको अवस्थाले थप संकट निम्त्याउँछ । नेकपा एमाले चुनावमा जान तयारै छ । चुनावका लागि निष्पक्षता र निर्भयताको ग्यारेन्टी चाहिँ हुनुपर्छ ।’

संविधानले नचिन्ने प्रधानमन्त्रीकै वरिपरिका व्यक्तिले चुनावमा पुरानै नेता आए उनीहरूको उम्मेदवारी खारेजीको चेतावनी दिइरहेको अवस्थामा वर्तमान सरकार केही नबोल्नु चुनाव गराउन नखोज्नु भएको उनको आरोप छ ।