काठमाडौँ, २९ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले काठमाडौँको पूर्वी क्षेत्रस्थित बागमती नदी करिडोर क्षेत्रको फोहोरमैला व्यवस्थापन र सडक मर्मत सम्भारबारे स्थलगत निरीक्षण गरेका छन् ।
सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशव शर्मा, गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाल लगायत सम्बन्धित निकायका टोलीसहितको टोलीले शनिबार गुहेश्वरीबाट सुन्दरीजल क्षेत्रसम्मको नदी करिडोर र सडक स्तरोन्नतिबारे जानकारी लिएको थियो। टोलीले गुहेश्वरीदेखि सुन्दरीजलसम्म क्षेत्रमा पर्ने बागमती नदी किनार तथा ढल व्यवस्थापन, सडक विस्तार एवम् स्तरोन्नतिलगायतका विषयमा स्थलगत जानकारी लिएको थियो ।
मन्त्री घिसिङले बागमती नदी करिडोरमा देखिएको ढल व्यवस्थापन र सडक स्तरोन्नतिको समस्या तत्काल समाधान गरिने बताए। उनले काठमाडौँ उपत्यकाका नदी करिडोर क्षेत्रमा सडक विभाग, काठमाडौँ उपत्यकाका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबिच सडक निर्माण तथा मर्मत सम्भारमा देखिएको समन्वयको समस्यालाई छिटै समाधान गरिने प्रतिबद्धता जनाए ।










प्रतिक्रिया दिनुहोस्