पाँचथर, ३० कार्तिक । इलाम पाँचथर सिमावर्ती गोरुवाले भञ्ज्याङ नजिकै भएको ट्याक्टर दुर्घट्नामा एकजनाको ज्यान गएको छ ।
शनिबार राति इलामको माइमझुवादेखि पाँचथरको लुङरुपातर्फ नेपाली हाते कागज बनाउने लोक्ताको भारी लिएर आँउदै गरेको प्रदेश १ ०२–००३ त ३४०२ नम्बरको ट्याक्टर इलाम र पाँचथरको सिमावर्ती गोरुवाले भञ्ज्याङ भीरबाट नजिक पल्टेको थियो ।
दुर्घट्नामा पाँचथरको फिदिम नगरपालिका १४ घर भएका सोही ट्याक्टरका सह चालक सोमबादुर राई (पञ्चे)को घट्नास्थलमै ज्यान गएको हो । घट्नापछि चालक फरार छन भने दुई जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्