समाचार

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु



काठमाडौँ, ३० कार्तिक । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान बा प्र ०३–००५ प ७९८० नम्बरको मोटरसाइकल मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी मोटसाइकल चालक हेटौँडा उपमहानगरपालिका–२ चौकी टोल निवासी ३९ वर्षीय वीरबहादुर गुरुङ र पछाडि सवार पूर्वी नवलपरासी कावासोती नगरपालिका–१३ घर भई हेटौँडा उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको हो ।

मृतक दुवै जनाको शव परीक्षणका लागि हेटौँडा अस्पताल लगीएको । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।