राजनीति

आयोगले बढायो नयाँ दल दर्ताको समय



काठमाडौँ, ३० कार्तिक । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्मको नयाँ दल दर्ताको निवेदन दिने समयावधि बढाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मंसिर ६ गतेसम्म पनि नयाँ दल दर्ताको निवेदन दिन सकिनेछ । यसअघि आयोगले कात्तिक ३० गतेसम्म नयाँ दल दर्ताका लागि निवेदन दिएर प्रमाणपत्र लिइसक्न भनेको थियो । साथै, आयोगले मंसिर १ देखि ७ गतेसम्म आगामी फागुन २१ को निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन भनेको थियो ।

आयोगले आइतबारसम्म १२२ वटा राजनीतिक दल कायम रहेको जनाएको छ । प्रवक्ता भट्टराईले सरकारले चुनाव घोषणा गरेपछि ७ वटा नयाँ राजनीतिक दल दर्ता भएका र ७ वटा नै यसअघि कायम भएका दल खारेज भएको बताए । थप २८ वटा दल दर्ता प्रक्रियामा रहेको उनले जानकारी दिए ।