समाचार

आजको मौसम



काठमाडौँ, १ मंसिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहँदा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार केही स्थानमा बदली भए पनि आज देशभरको मौसम सफा रहनेछ

आज दिउँसो कोसी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

त्यस्तै आज राति देशभर मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।