काठमाडौँ, १ मंसिर । चलचित्र ‘अभिमन्यु: च्याप्टर १’ मङ्सिर १८ गतेबाट प्रदर्शनमा आउँदैछ ।
विभिन्न कारणले पटकपटक प्रदर्शन मिति स्थगीत हुँदै आएको यो फिल्म यो पटक नसर्ने बताइएको छ।
यसैक्रममा फिल्मको नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा चलचित्रका अधिकांश कलाकार छन् । कामेश्वर चौरसिया, लक्ष्मी बर्देबा, किरण श्रेष्ठ, सरिता गिरी, शिशिर बाङदेल, गौमाया गुरुङ, प्रकाश दाहाललगायत कलाकार पोस्टरमा अटाएका छन् ।
सुशान्त गौतमको निर्देशन रहेकाेमा फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्