काठमाडौँ, १ मंसिर । ललितपुरमा २१ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
उक्त धनमाल चोरीको आरोपमा नुवाकोटको बिदुर नगरपालिका–१ का ४१ वर्षीय दिनेश विश्वकर्मा, रामेछाप नगरपालिका–२ का ३२ वर्षीय दीपक थापा मगर र रामेछापको दोरम्बा गाउँपालिका–३ का ४० वर्षीय तिर्थबहादुर थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो । उनीहरूले इमाडोलको एक घरको ताला फुटाएर २१ लाख ८३ हजार ३ सय रुपैयाँ बराबरको चोरी गरेको प्रहरीले बताएको छ । सुनचाँदीका गरगहना र चोरी आरोपमा पक्राउ परेका उनीहरूबाट उक्त गरगहना खरिद गरेको आरोपमा अर्का एक जना पनि पक्राउ परेका छन् । गहना किन्ने खोटाङको रुपाकोट मझुवागढीका ५८ वर्षीय भीमे कामी पक्राउ परेका हुन् ।










प्रतिक्रिया दिनुहोस्