राजनीति

कुनै पनि सूचना अनधिकृत व्यक्तिको पहुँचमा पुगेको छैन : निर्वाचन आयोग



काठमाडौँ, २ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीसम्बन्धी सूचना कुनै पनि अनधिकृत व्यक्तिको पहुँचमा नपुगेको बताएको छ ।

निर्वाचन आयोगको वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गरी मतदाता नामावलीसम्बन्धी सूचनाहरू फेला पारेको भनी विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा राखिएका र साझा गरिएका दाबीहरू प्रति गम्भीर ध्यानाकर्षण भएको समेत आयोगले जनाएको छ ।