अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २ मंसिर । आज सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ६५ रुपैयाँले घटेर ३ हजार ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।