समाचार

कार दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौँ, २ मंसिर । नवलपरासीको भुमहीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय सुनवल नवलपरासीका अनुसार बुटवलबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश २३ च ५०७५ नम्बरको कार भुमहीको बडेरामा पुलबाट खोलामा खस्दा गम्भीर घाइते  अर्घाखाँचीको धातिवाङका मणिराम पौडेलको उपचारका क्रममा मृत्यु भएको हो ।

सोमबार दिउँसो १ बजेतिर भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उद्धार गरी उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा लगिएको थियो ।

दुर्घटनामा कार चालक हरिसचन्द्र पौडेल सामान्य घाइते भएका छन् । मृतक मणिराम हरिसचन्द्रका बुवा हुन् । घटनास्थलको प्रकृतिलाई हेर्दा तीव्र गतिका कारण अनियन्त्रित भई कार पुलदेखि तल खोलामा खसेको हुनसक्ने प्रहरीले जनाएको छ ।