काठमाडौँ, २ मंसिर । दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी दिएको छ । सुरक्षण मुद्रण कोषमा उनलाई रोजगारी दिइएको हो ।
आज सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले उनलाई करार सेवामा काम गर्ने गरी कम्प्युटर अधिकृतमा नियुक्ति दिएका छन् ।
०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको आन्दोलनका क्रममा पत्रकार रजकको ज्यान गएको थियो ।










प्रतिक्रिया दिनुहोस्