राजनीति

नागरिकका गोप्य सूचना लिक भएको छैन, सुरक्षित छ : निर्वाचन आयोग



काठमाडौँ, २ मंसिर । निर्वाचन आयोगले मतदाता नामावली सम्बन्धी प्रणाली पूर्ण सुरक्षित रहेको जनाएको छ ।

आयोगको वेबसाइटमा अनधिकृत प्रवेश गरी मतदाता नामावली सम्बन्धी सूचनाहरू फेला पारेको भनी सञ्जालमा साझा गरिएका दाबी प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले सूचना प्रणाली पूर्ण सुरक्षित रहेको जनाएको हो ।

नागरिकका कानुन बमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिबद्ध रहेको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।