राजनीति

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै



काठमाडौँ, ३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने बस्दै छ ।

दिउसो २  बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो । बैठकमा समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहलबारे छलफल हुनेछ ।

त्यस्तै केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा र  विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जन सहित पारित गर्ने कार्यसूची रहेको बताइएको छ । वाचापत्र कार्यदल विस्तार, संविधान परिमार्जन कार्यदल संयोजक सम्बन्धमा र संयोजक मनोनयन गरी तत्काल काम सुरु गर्न बैठकले  निर्देशन दिने नेताहरूले बताएका छन् । 

राजनीतिक दल, समूह, शक्तिहरूको गतिविधि नियमित अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा ब्रिफिङ गर्ने, आवश्यकता अनुसार घटनाको ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने कार्यसूचीमा उल्लेख छ ।