अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ३ मंसिर । आज सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ६० रुपैयाँले बढेर ३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।