काठमाडौँ, ३ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानमा संयोजक दुर्गा प्रसाईंलाई मध्यरातमा पक्राउ गर्ने काम सरकारले गरेको भन्दै असन्तुष्टि पोखका छन् ।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका क्रममा उनले प्रसाईंलाई तुरुन्त छाड्न सरकारलाई आग्रह गरे । उनले स्वेच्छाचारी ढङ्गले प्रसाईँलाई पक्राउ गरिएको बताए । उनले सभा गर्नै नदिनेले चुनाव कसरी गर्छ भन्दै प्रश्न गरे । अध्यक्ष ओलीले जेनजीका नाममा हुने आतङ्क रोक्न सरकारलाई आग्रह समेत गरे ।
उनले भने, ‘राति राति तमासा गरिरहेको छ यो सरकारले । यहाँ बोल्न पनि नपाइने भयो । निर्वाचन भन्छ सरकार । बारामा हाम्रो युवा भेला थियो । भेलामा जेनजी भन्दै केही विद्वानहरूले ढुंगामुढा गरे बिथोले’, ओलीले भने, ‘सिमरा एयरपोर्ट बन्द भयो । नेताहरूलाई जान रोकियो । अपराध गरे पो थुन्ने हो । भएको भिडियो बाहिर ल्याउनु अपराध हो ? कस्तो चुनाव गर्न चाहनुहुन्छ प्रधानमन्त्री जी ?’










प्रतिक्रिया दिनुहोस्