एजेन्सी, ३ मंसिर । रुसले युक्रेनमाथि गरेको आक्रमणमा ९ जनाको मृत्यु भएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले गएराति गरिएको आक्रमणमा ९ जनाको मृत्यु भएको बताएका छन् ।
‘निर्लज्ज आक्रमण’ मा रुसले ४७० भन्दा बढी ड्रोन र ४७ क्षेप्यास्त्र प्रहार गरेको उनले टेलिग्राममा एउटा पोस्टमा लेखेका छन् । आक्रमण युक्रेनको दोस्रो ठुलो सहर खार्किभका तीन जिल्लामा भएको थियो । यसमा बालबालिका सहित ३० भन्दा बढी व्यक्ति घाइते भएको बताइएको छ ।
अनलाइन पोस्ट गरिएका तस्बिरहरूमा भवन र कारहरू जलेको देखिएको थियो । आक्रमणका कारण बिजुलीको आपूर्ति ठप्पै भएको र बिजुली कटौतीले देशभरका धेरै क्षेत्रहरूलाई असर गरिरहेको युक्रेनको ऊर्जा मन्त्रालयले भनेको छ ।










प्रतिक्रिया दिनुहोस्