काठमाडौँ, ३ मंसिर । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिमा गत सालभन्दा बढी राजस्व उठाएको छ ।
यस वर्ष कात्तिक मसान्तसम्म ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन भएको महानगरले जनाएको छ । गत आवको यसै अवधिमा ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ संकलन भएको थियो । यस आवमा ५ करोड ६५ लाख १० हजार ४९२ रुपैयाँ बढी राजस्व उठेको देखिन्छ ।
गत वर्ष १२ अर्ब ९० करोड ६३ लाख २५ हजार राजस्व उठाउने लक्ष्य थियो । यस वर्ष १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार असुली हुने प्रक्षेपण छ । चालु आर्थिक वर्षको यस अवधिमा आन्तरिक करतर्फ १ अर्ब ९६ करोड ८१ लाख ७५ हजार ७ सय संकलन भएको छ । गत वर्ष यस अवधिमा १ अर्ब ९९ करोड २ लाख ६७ हजार ६९५ रुपैयाँ राजस्व यस शीर्षकमा संकलन भएको थियो । आन्तरिक राजस्व यस वर्ष २ करोड २० लाख ९१ हजार ९९५ रुपैयाँ कम हो ।
महानगरका अनुसार आन्तरिक राजस्व घट्नुमा सम्पत्ति कर मुख्य कारक हो । गत साल पहिलो चौमासिकमा ५० करोड ३१ लाख ३ हजार ७३८ रुपैयाँ संकलन भएको सम्पत्ति कर यस वर्ष सोही अवधिमा ४२ करोड ७६ लाख ५४ हजार २७६ रुपैयाँ मात्र संकलन भएको छ ।










प्रतिक्रिया दिनुहोस्