मनोरञ्जन

क्यूएफएक्सले दियो ‘परान’ लाई सुपरहिटको मान्यता



काठमाडौँ, ३ मंसिर । मुलुकको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनरत फिल्म ‘परान’ लाई सुपरहिट घोषणा गरेको छ ।

दोस्रो सातामा नीर शाह स्टारर फिल्मले घरेलु बक्सअफिसमा उछाल कमाइ गरिरहेको देखिएको छ । फिल्मले आगामी सप्ताहन्तमा १२ देखि साढे १२ करोडसम्मको कमाइ गर्ने प्रक्षेपण गरिएको छ ।

चेन अन्तर्गतका हलमा भएको कमाइको आधारमा दीपक आचार्य काकु निर्देशित फिल्मलाई ‘सुपरहिट’ ट्याग दिइएको क्यूएफएक्सको माउ कम्पनी टीम क्वेस्टले जनाएको छ ।

आफ्ना हलमा कुनै फिल्मले सप्ताहन्त (विकेन्ड)मा १ करोड ५० लाख रुपैयाँ ग्रस कमाए त्यसलाई ‘ब्लकबस्टर’ र कुनै फिल्मले साताभर सोही बराबरको कमाइ गरे त्यसलाई ‘सुपरहिट’ घोषणा गर्ने क्यूएफएक्सको मापदण्ड छ ।