राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै



काठमाडौँ, ४ मंसिर ।  कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ । पार्टी महाधिवेशन कहिले गर्ने भन्ने विवाद निराकरणका लागि अनौपचारिक छलफल गरी सहमतिको प्रयास गर्ने भन्दै आजसम्मका लागि सारिएको थियो ।

जारी केन्द्रीय कार्यसमिति बैठकमा कात्तिक १९ गते महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका थिए । त्यसैदिन उनलाई काउन्टर दिन सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका थिए ।

महामन्त्री थापाको कार्यतालिकालाई इतर समूहले र सहमहामन्त्री यादवको कार्यतालिकालाई संस्थापनले समर्थन गरेपछि कांग्रेसभित्र यो विषय पेचिलो बन्दै आएको छ ।