समाचार

आफन्तको नाममा पैसा माग्ने क्रम बढेको भन्दै सचेत रहन प्रहरीको अनुरोध



काठमाडौँ, ४ मंसिर । सामाजिक सञ्जालका आईडी ह्याक गरी आफन्तको नाममा दुःख परेको बहाना बनाएर रकम माग्ने घटना बढेपछि प्रहरीले सतर्क रहन आग्रह गरेको छ ।

पछिल्लो समय आफन्तको नाम प्रयोग गरी रकम माग्ने क्रम बढेकोले सबैलाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको हो ।

फेसबुक, ह्वाट्सएप लगायतका अकाउन्ट ह्याक गरी आर्थिक सहयोग माग्ने, चिठ्ठा परेको भन्दै राजस्व तिर्न लगाउने, सस्तो सामान देखाएर अग्रिम भुक्तानी माग्ने जस्ता ठगी तीव्र भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आर्थिक सहयोगका सन्देश आएमा पहिले सम्बन्धित व्यक्तिलाई फोन वा प्रत्यक्ष भेटेर यकिन गर्नुपर्छ ।