काठमाडौँ, ५ मंसिर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशमा शान्ति, स्थितरा र लोकतन्त्रका लागि सवै दल तथा नागरिक एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ ।
जनताको बलद्वारा नै राष्ट्र, राष्ट्रिता र राष्ट्रिय स्वाधिनता बचाउन सकिने प्रति संकेत गर्दै महासचिव पोखरेलले जनप्रदर्शन गर्ने नागरिको अधिकार भएको बताउनुभयो । जेनजी आन्दोलनको बहानामा देशसलाई संकटतर्फ धकेलिँदै गरेको उल्लेख गर्दै उहाँले अब देशलाई सहि बाटोमा फर्काउने समय आएकाले एकताबद्ध हुन आह्वान गर्नुभयो ।
उहाँले आज आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘अब समय आएको छ—देशलाई सही दिशामा फर्काउने ! आज मंसिर ५ गते राष्ट्रिय स्वयम्सेवक फोर्सको गठन र भोली मंसिर ६ गते काठमाडौँमा व्यापक जनप्रदर्शन—हाम्रो कर्तव्य, हाम्रो अधिकार १ शान्ति, स्थिरता र लोकतन्त्रका लागि एकताबद्ध बनौँ !’










प्रतिक्रिया दिनुहोस्