राजनीति

राष्ट्रपति पौडेलद्वारा घोषित मितिमा निर्वाचन सफल बनाउन आह्वान



काठमाडौँ, ५ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन् । 

आज पद्यकन्या बहुमुखी क्याम्पसको हीरक जयन्तीको अवसरमा राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल बनाउन सबै पक्ष लाग्नुपर्ने बताए ।

उनले भनेका छन्, ‘देश आज विषय परिस्थितिबाट गुज्रिएर यो अवस्थामा आएको छ । त्यो विषम र कठिन परिस्थितिबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउँदै फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तय भएको छ । यो निर्वाचन परिणामले सुशासन, विकास र समद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने मलाई विश्वास छ । यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि  अपरिहार्य भएकाले यसलाई सफल पार्न म सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीलाई अपिल पनि गर्दछु ।