समाचार

स्कुल बसको ठक्करबाट २ वर्षे बालकको मृत्यु



काठमाडौँ, ५ मंसिर । रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा शुक्रवार बिहान एक स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार जयनगरबाट मानपुरतर्फ जाँदै गरेको ओम एकेडेमी विद्यालयको प्रदेश–३–००१ ख १७२६ नम्बरको स्कुल बसको ठक्करबाट २ वर्षे आदित्य कुमार साहको मृत्यु भएको हो ।

बिहान सवा ८ बजे भएको दुर्घटनामा स्थानीय रञ्जन साहका छोरा आदित्यलाई बसले ठक्कर दिएको र घटनास्थलमै मृत्यु भएको हो । बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।